
माघ २८ आइतबार,२०८०/काठमाडौं-
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकमा हालै सम्पन्न भएको चार महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’केन्द्रित रिपोर्टिङ सुरु भएको छ ।
आइतबार बिहान काठमाडौंको राष्ट्रियसभा गृहमा सुरु भएको केन्द्रिय समितिको बैठकमा प्रदेश इन्चार्जहरुले रिपोर्टिङ प्रस्तुत गर्ने कार्य भइ रहेको छ ।
रिपोर्टिङको क्रम मधेश प्रदेश इन्चार्ज लीलामणि पौडेलबाट सुरु भएको छ । बैठकमा प्रदेश अध्यक्षहरुले पनि रिपोर्टिङ प्रस्तुत गर्ने तालिका रहेको छ । साथै मुलतः रुपान्तरण अभियान केन्द्रित रहने र बिस्तृत छलफल फागुन १-३ सम्म हुने बिधान सम्मेलनमा बताइएको छ ।
यसैगरी बैठकमा समसामयिक राजनीतिक विषय लगायत विधान सम्मेलनबारे छलफल पनि हुनेछ ।
