जनयुद्ध दिवस मनाउन हामीलाई कसैले रोक्न सक्दैन: प्रचण्ड

राजनीति


माघ २९ सोमबार,२०८०/काठमाडौं-
नेकपा माओवादी केन्द्रको दोस्रो दिनको बैठकमा अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध दिवस मनाउन कसैले पनि रोक्न न सक्ने बताएका छन ।

प्रचण्डले बिधान सम्मेलन पुर्व आयोजीत केन्द्रिय समितिको बैठकको दोस्रो दिन प्रशिक्षणमुलक मन्तव्य दिदै सो कुरा बताएका हुन । उनले देशको आमूल परिवर्तनमा जनयुद्धको महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्दै अदालतले शान्ति प्रक्रिया न टुंगिएको भन्दै निर्णय बदर गरे पनि सो दिवसको अपमुल्यान्कन गर्न न हुने उल्लेख गरे ।

यसैगरी उनले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ मा सकृय रुपले भुमिका निर्वाह गर्ने नेता कार्यकर्ताहरुलाई धन्यवाद समेत प्रदान गर्दै अर्को अभियानको तयारीमा जुटन आव्हान गरे ।

भोलि फागुन १ गते देखि ३ गते सम्म बिधान सम्मेलनको आयोजना गरिएको छ ।