राताे तारा – हिरालाल के सी

अन्य मनोरञ्जन साहित्य

फागुन ६ आइतबार,२०८०

चिङकाङसान
एण्डीज र सगरमाथाकाे काखतिर
उज्यालाे बालेर
आकाशगंगामा बिराजमान राताे तारा !
जब तिमी कुनैदिन धर्तीमा आयाै
असमानताका पर्खालहरुमा
ज्वालामुखि फुट्याे
चिसा खाेचहरुमा मशाल बले
हर्के र सुन्तलीहरुका हातमा अस्त्रसस्त्त्र भरिए
लेनिन माओत्सेतुङ चे ग्वेभारा र गाेन्जालाेका
शिरमा सजिएर
फिडेल क्यास्ट्राे हाेचिमिन्ह र प्रचण्डकाे
मुठ्ठी मुठ्ठीमा सजिएर
राताे राता
तिमी नयां आशा बनेर उदायाै
सिस्ने र जलजलाहरुले मुक्तिकाे शंखनाद गरे
छिन्ताङ पिस्कर, बर्माझियाहरु जुरुक्क उठे
तिम्राे प्रज्वलित उपस्थितीमा
दासताकाे साङलाे चुडाउंदै
सखिया उठे
च्याङ्वा उठे
गम्छा र घलेकहरु
पटुका, चाैबन्दी र बाङ्ग्राहरुमा उत्साह भरियाे
हसिया हताैडाहरु तेजिला बने
कलमहरु बारुदले भरिए
बारी बगैचाहरु लालचेतनाकाे रङले पाेतिए
ब्युझेर शैलुङ अपिहरु
नयाँ उत्सवकाे बिजाराेपन गरे
मालचरीहरु कावा खादै
मुक्त आकाशमा सयाैं फन्का मारे
शाेषण लज्जावति झैं खुम्चियाे
मृत्यु हार्याे कायरता भाग्याे
वीरहरु आगाे ओकलि रहे
आवाजहीनहरु ईन्क्लाव बाेलिरहे
चुलिए लाशका पहाडहरु
समरकाे यात्रा राेकिएन
क्षितिजकाे उज्यालाे चुम्ने संकल्प
कदापी घटेन
मानिसहरु हिमाल बने
हिमालहरु मानिस बने
नदि र खाेलाहरु
युद्धका हुंकार बने

आज एका बिहानै
क्षितिजमा घाम झुल्केकाे बखत
एक हुल लाटाकाेसेराहरु
सराप्दै छन् राताे तारालाई
गाली गर्दैछन नयां बिहानीलाई
आउँ राताे तारा आउँ
आकाशगंगा छाेडेर फेरि धर्तिमा आउँ
सैतानहरु फेरि सल्बलाउन खाेजिरहेका छन्
स्वतन्त्रताकाे आकाश धुमिल बनिरहेकाे छ
चुडिएका दासताका साङलाहरु
जाेड्ने दुशप्रयत्न हुदैछ
नयाँ जुकाहरुमा आगाे सल्काउन
दुष्ट बादलहरुमा हुरी चलाउन
राताे तारा
तिमी फेरि फर्किनुपर्छ
धर्तिमा नयाँ तरंग बाेकेर ।।