मेलम्ची खानेपानीमा भ्रष्टाचार गरेको अभियोगमा भिम उपाध्याय सहित १८ बिरुद्ध मुद्दा 

अर्थ राजनीति समाचार

फागुन ६ आइतबार,२०८०/काठमाडौं-
सुशासनको बिषयमा सामाजिक संजालमा सकृय रहेका पूर्वसचिव भीम उपाध्याय सहित १८ जना बिरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

आइतबार अख्तियारले विशेष अदालतमा मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिव भीम उपाध्याय, गजेन्द्रकुमार ठाकुर र सञ्जय शर्मासहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । सो प्रकरणमा परामर्शदाता र निर्माण कम्पनीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

उनीहरु बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समय देखि अनुसन्धान गर्दै आएको थियो ।

भिम उपाध्यायमाथी मेलम्ची खानेपानी विकास समितिको बोर्ड अध्यक्ष थिए । उनी खानेपानी मन्त्रालयको सचिव हुँदा विकास समितिको बोर्ड अध्यक्ष बनेका थिए ।

उनीमाथि चार करोड ११ लाख ३४ हजार दुई सय ७९ रुपैयाँ ९२ पैसा बिगो दाबी गरिएको छ ।

भ्याटबाहेक ७ अर्ब ७२ करोड रुपैँयामा ठेक्का सम्झौता गर्दा सम्झौता विपरित कानुनले तोके भन्दा बढी पेस्की मोबिलाईजेशन गरेको आरोप उनीहरुमाथि लागेको छ । आयोगले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्रसिंह तामाङ विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । तामाङ हाल अध्यागमन विभागका महानिर्देशक रहेका छन् ।

मेलम्ची खानेपानी आयोजनाको निर्माण व्यवसायी इटालियाली कम्पनी सिएमसीलाई रनिङ बिल आइपिसी ३४ मा काम नै नगरी भुक्तानी गरेको, पछिल्लो निर्माण कम्पनीले छाडेर गएको मेसिन तथा अन्य सामग्री निर्माण व्यवसायीले प्रयोग गरेबापतको रेन्टल चार्जसमेत कट्टा नगरी भुक्तानी गरेको, पछिल्लो बिलबाट समायोजन गर्ने भनिएको बढी भुक्तानी रकम पछाडिका बिलमा समेत समायोजन नगरेको भन्दै अख्तियारले मुद्दा चलाएको हो ।