मान्छे खुसी भएर बाच्नुनै बिकास हो: जनार्दन शर्मा ‘प्रभाकर’

राजनीति समाचार

फागुन ७ सोमबार,२०८०/सुर्खेत-
नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ले मान्छे खुसी भएर बाच्नुनै विकास भएको बताएका छन । सुर्खेतको बिरेन्द्रनगरमा आयोजीत कर्णाली उत्सवको समापन कार्यक्रमलाई सम्भोधन गर्दै नेता शर्माले सो कुरा बतएका हुन ।

“कर्णालीको बिकास न हुँदा सम्म देशको बिकास हुने छैन । र कर्णालीका दलित समुदायको बिकास न हुँदा सम्म कर्णालीको बिकास हुने छैन । आजको आवश्यकता भनेको दलितहरुलाई विभेदबाट मुक्त गराउने सान्स्कृतिक रुपान्तरण हो” शर्माले ठोकुवा गरे ।

“रसिलो र पोटिलो श्याउको दाना टिप्ने हाम्रा चाउरिएका अनुहार र टनिक बनाउने जीवन बुटि पाईने कर्णालीको अन्तरर्विरोधको समाधान खोजिनु पर्नेछ,” उनले भने “यसैगरी २७ प्रतिशत गरिबीको रेखा मुनि बाच्ने मानिसहरुको अवस्था पनि बदल्नु छ र समतामूलक समाजको निर्माण गर्नु छ”।

उनले सम्बोधन गर्दै २००८ सालमा रुकुमबाट बिद्रोह गरेर जुम्लामा सहादत प्राप्त गरेका कामी बुढालाई स्मरण गर्दै उनको दैलेख हुँदै हुम्ला पुगेर गौड़ा कब्जा गरेको इतिहासबारे चर्चा गरे ।

त्यसैगरी उनले सिस्टमको अभाव र कर्णालीकै कर्मचारीहरु कर्णालीमा काम गर्न न चाहने प्रबृत्तिले गर्दा त्यस प्रदेशको बिकासमा भने समस्या सृजना भएको समेत उल्लेख गरे ।