बल्ल हवाई मार्गसँग जोडिने भयो कालिकोट

पर्यटन राजनीति समाचार


फागुन १३ आइतबार,२०८०/कालिकोट-
कालिकोटको सुनथराली विमानस्थल अब संचालनमा आउने भएको छ ।आइतबार नेपालगञ्जबाट ९ जना यात्रु बोकेको तारा एयरको जहाजले विमानस्थलको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओैपचारिक रुपमा विमानस्थलको फागुन १४ गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सुनथराली बिमानस्थल निर्माण कार्य सुरु भएको ३८ वर्ष पछि मात्र त्यहाँ उडान हुने भएको छ । उक्त विमानस्थल निर्माण कार्य २०७९ साल माघ ११ गते सम्पन्न भएको थियो । २०४२ सालदेखि तत्कालीन जिल्ला विकास समितिद्वारा एक लाख रुपैयाँ छुट्याएर निर्माण कार्य सुरु गरेको भएपनि, नियमितरुपमा आर्थिक वर्ष २०४८/०४९ बाट निर्माण कार्य सुरू भएको हो ।

हजारौंको संख्यामा स्थानीयहरू विमानस्थल आएका छन्।