जाजरकोट केन्द्र बिन्दु रहेको भुकम्प पीडितले ५ लाख अनुदान पाउने

अर्थ राजनीति समाचार


फागुन १५, मंगलबार २०८०/काठमाडौं-
सरकारले जाजरकोट केन्द्र बिन्दु रहेको भुकम्प पीडितलाई पाँच लाख अनुदान दिने भएको छ । यस अघि भुकम्प पीडितहरुलाई तीन लाख अनुदान दिने निर्णय भएको थियो । जाजरकोट र रुकुम पश्चिम पश्चिम् जिल्लाहरु निकै प्रभावित हुनुका साथै दर्जनौं मानिसको ज्यान गएको थियो ।
यसैगरी भुकम्प प्रभाबित क्षेत्रका लागि पुनर्निर्माण कार्यविधि पनि मन्त्रीपरिषदले पास गरेको छ । यसअघी आपतकालीन टहरा बनाउनका लागि भुकम्प पीडितले ५० हजार पाउनु पर्नेमा २५ हजार पाई सकेका छन । विभिन्न कारण ढिलाई भएको पुनर्निमाण कार्यले अब गति लिने भएको छ ।