अनेमसंघ(क्रान्तिकारी)को कर्णाली प्रदेश अध्यक्षमा ललिता रेग्मी




फागुन १७ बिहीवार,२०८०/बिरेन्द्रनगर-
अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को प्रदेश अध्यक्षमा ललिता रेग्मी चयन भएकी छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा फागुन १४ देखि सुरु भएको संगठनको प्रथम सम्मेलनबाट रेग्मीलाई अध्यक्ष चयन गरिएको हो । उनी यसअघि संगठनकि केन्द्रिय थियिन ।

रेग्मी २०७० सालमा माओवादी केन्द्र तर्फबाट दैलेखबाट समानुपातिक तर्फ सभासद भएकी हुन ।

सम्मेलनबाट उनको नेतृत्वमा ९९ सदस्यीय कमिटी गठन गरिएको छ । संगठनको उपाध्यक्षमा रुकुम पश्चिमकी निर्मला विष्ट, जुम्लाकी गंगा उपाध्याय कालिकोटकी कृष्णकला शाही, जाजरकोटकी देवका लामिछाने चयन भएका छन् ।
यसैगरी सचिवमा सुर्खेतकै गीता तिमिल्सिना, सहसचिवमा डोल्पाकी निर्मला विसी चयन भएका छन् ।
यसअघि हरिमाया शर्माले सो जिम्मेवारी समालेकी थियिन ।

प्रकाशित मिति : २०८० फागुन १७ गते बिहीबार
अरु पनि पढ्नुहोस्