फागुन १८ शुक्रबार, २०८०/काठमाडौं-
चितवनस्थित शिशु निकेतन विद्यालयको होस्टेलमा संकास्पद तरिकाले झुण्डिएको अवस्थामा भेटिएकि शालिन पोख्रेलका बुवा दिपेन्द्र पोख्रेलले आफ्नी छोरीलाई दोस्रो निर्मला पन्त बनाउन खोजीएको बताएका छन ।
न्याय माग्दै काठमाडौं आएका पोख्रेलले आफ्नो १३ वर्षकी छोरीलाई बलात्कार गरेर हत्या गरेको भन्दै प्रहरी प्रशासनले किटानी जाहेरी लिन न मानेको खुलासा गरेका छन ।
पूर्वी चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता कक्षा–८ मा अध्ययनरत शालिन पोखरेल सोही स्कुलद्वारा सञ्चालित होस्टेलमा बस्दै आएकी थियिन । उनको शव घुँडा टेकेको अवस्थामा झुण्डिएको भेटिएको थियो ।
उक्त घटनामा उनले विद्यालयका प्रिन्सिपल बालहरि देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टेल वार्डेन कमल शर्मा पौडेलविरुद्ध किटानी जाहेरी दिएपनि प्रहरीले नाम हटाएर ल्याउन भनेको उल्लेख गरेका छन ।
“घटनाक्रम र परिवारका सदस्यहरुलाई आएको धाक र धम्की हेर्दा र पोस्टमार्टम प्रतिवेदन हेर्दा यो आत्महत्या नभएर बलात्कारपछि हत्या भएको प्रष्ट छ,” उनका बुवा बताउँछन् ।
“मैले मलाई फोन आउने बित्तिकै केही न चलाउनु भनेको थिए तर सबै प्रमाण नस्ट गरिएको छ,” उनले भने, “घटनापछि पनि विद्यालयमा गई मृत्युको सम्बन्धमा छलफल गर्न शिक्षक, अभिभावक, व्यवस्थापन समिति, शालिनकी रुममेट, राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि समेतलाई बोलाई छलफलपछि मात्र मुचुल्का गरौं भन्दा मानिएन “।
उनले स्कुल परिसरभित्रै आफ्ना भाई हरि पोखरेललाई निर्घात कुटपिट गरेको समेत बताए ।
साथै उनले शालिनले लगाएको कपडा, जुत्ता पानीमा डुबाइएको अवस्थामा आफूले फेला पारेको र उक्त कुराको भिडिओ फुटेज आफूसँग सुरक्षित रहेको पनि बताए ।
विभिन्न दबावकाबीच उक्त घट्नामा चार दिनपछि प्रहरीले जाहेरी लिएको उनले जानकारी गराए । मृतक शालिनको शव अहिले त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गराउन राखिएको छ । तर प्रतिवेदन आफुले न नभई प्रहरीले पाउने कुरामा आफू संतुष्ट न रहेको बताएका छन ।
