भरतपुर मेयर दाहालद्वारा बेलायतका हाउज अफ कमन्सका उप-सभामुख इभान्स लगायतसँग भेट्व वार्ता

राजनीति समाचार


फागुन २४ बिहीवार २०८०/बेलायत-
भरतपुरकि मेयर रेनु दाहालले संयुक्त अधिराज्य बेलायतको हाउज अफ कमन्सका उप-सभामुख निजेल इभान्स लगायतसँग भेट्ववार्ता गरेकी छन ।
आज भएको महत्वपुर्ण भेटघाट हाउज अफ कमन्सका उप-सभामुख इभान्सको कार्यकक्षमा भएको हो । भेटका क्रममा बर्षौं देखिको बेलायती र नेपाली जनताको सम्बन्ध तथा ब्रिटिस सेनामा कार्यरत गोर्खा सैनिक एंव बिभिन्न क्षेत्रमा छरिएका नेपाली जनता र दुई राष्ट्र र जनता जनता बिचको ऐतिहासिक सम्बन्ध बारे छलफल भएको मेयर दाहालले सामाजिक संजाल मार्फत जानकारी गरएकी छन ।

यसैगरी उनले भरतपुर भ्रमण बर्ष २०२४ को निमन्त्रणा समेत उनीहरुलाई दिएको उल्लेख गरेकी छन । उक्त कुरालाई बेलायती उपसभामुखले सकारात्मक चासोका लिएको बताइन्छ ।
साथै बेलायती सांसद डिन रशेलले बेलायती संसदको गतिबिधी, संसदको ईतिहास बारे जानकारी गराउदै संसद भवनको अबलोकन गराएका थिए ।