
फागुन २८ सोमबार, २०८०/काठमाडौं-
राष्ट्रियसभा अध्यक्षका लागि नेकपा माओवादी केन्द्रका नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन ।
सोमबार बिहान संसद भवन नयाँ बानेश्वरमा दाहाल र शर्माले उम्मेदवारी दर्ता गराएका हुन ।
दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा एकीकृत समाजवादीका बेदुराम भुसाल रहेका छन् । त्यसैगरी नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्द प्रसाद ढुङ्गाना र समर्थकमा लोसपाका किरणबाबु श्रेष्ठ रहेका छन् ।
निर्वाचन तालिका अनुसार राष्ट्रियसभा अध्यक्ष पदका लागि मंगलबार मतदान हुँदैछ ।
राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल माओवादीका १८ सांसद रहेका छन । यसैगरी नयाँ समीकरणमा रहेका दल एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ जना सांसद छन ।
