नारायण प्रसाद दाहाल बने राष्ट्रिय सभा अध्यक्ष !

राजनीति समाचार

फागुन २९ मंगलबार २०८०/काठमाडौं-
राष्ट्रिय सभा अध्यक्षमा नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा नयाँ गठबन्धनका साझा उम्मेदवार दाहालले ३९ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उता काङ्ग्रेसका उम्मेदवार युवराज शर्माले भने १७ मत प्राप्त गरेका थिए ।
दाहाल २०७८ चैतमा राष्ट्रिय सभा सदस्य मनोनीत भएका थिए ।

यसैगरी उनी २०६३ मा अन्तरिम व्यवस्थापिका संसद् सदस्य हुँदै २०६४ को पहिलो संविधानसभा निर्वाचनमा चितवन–३ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।

राष्ट्रिय सभामा सबैभन्दा धेरै माओवादी केन्द्र १८ सदस्यसहित पहिलो दल बनेको छ भने कांग्रेसका १६ सदस्य रहेका छन् । नयाँ समीकरणमा समावेश भएको एमालेका १० सदस्य रहेका छन । त्यस्तै नेकपा एकीकृत समाजवादीका ८ सांसद छन् भने जसपाको एक सांसद छन् ।