रुकुम पश्चिमबाट काठमाडौं आउने बस बागलुङमा दुर्घटना, ६ जनाको मृत्यु

अन्य समाचार

चैत्र ५ सोमबार, २०८०/बागलुङ-
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १ चाईनाबगरबाट काठमाडौका लागि छुटेको यात्रुबाहक बस बाग्लुङ्गमा दुर्घटना हुँदा ६ जनाको मृत्युु भएको छ ।

सोमबार बिहान छुटेको बा ००६ ख ३८७९ नम्बरको कमलताल डिलक्स बस साँझ करिब ५:३० बजेतिर बागलुङको निसीखोला गाउँपालिका ६ को जाउले पानीमा दुर्घटनाग्रस्त भएको थियो ।

उक्त बसमा करिब ३२ जना यात्रुहरु रहेको र घाइते २५ जनाको नजिकै बुर्तिबाङ स्वास्थ्य चौकीमा प्राथमिक उपचार भई रहेको बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी गराएका छन ।

रातको समय भएकोले हेलिकप्टरबाट उद्धार कार्य कठिन भएको रिजालले बताए । घाइतेहरुलाई थप उपचारका लागि पोखरा लगिदै छ ।
मृतकको संख्या बढन सक्ने बताइएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।