चैत्र ९ शुक्रबार,२०८०/काठमाडौं-
बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा आएको छ ।
शुक्रबार भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले चाँदबाग रेसिडेन्सीको नाममा रहेको करिब १० रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याएको छ ।
भूमि व्यवस्था मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन मार्फत मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छबिलाल नेपालीले सो कुराको जानकारी गराएका हुन ।
बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्षले २०४४ भदौ ६ मा ६ रोपनी र मंसिर १८ मा थप ४ रोपनी गरी कित्ता नम्बर ५० को १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा दिने निर्णय गरेका थिए जबकी सो निर्णयको अधिकार नेपाल सरकारलाई मात्र छ ।
सीआईबीले सो क्रमममा चाँदबाग रेसिडेन्सीका सञ्चालक अरुण चौधरी लगायतलाई पक्राउ समेत गरेको थियो ।