
चैत्र १४ बुधबार,२०८०/काठमाडौं-
नेपाल मगर विद्यार्थी संघ पद्मकन्या क्याम्पस को ११ औ अधिबेशनबाट अध्यक्षमा शिवानी मगर सर्वसम्मत चयन भएकि छन ।
बुधबार भएको उत्त अधिबेशनको प्रमुख अतिथि नेपाल मगर विद्यार्थी संघ केन्द्रिय महासचिव चन्द्र थापा मगर, विषेश अतिथि बिरेन्द्र अछामी मगरको उपस्थिति थियो ।
यसैगरी अतिथिहरुमा राजन मगर, किशोर मगर, खम्बुजङ्ग मगर, तारा मगर, दिपक मगर, पासाङ्ग मगर, तिर्सना आलेमगर रहेकोे बताइएको छ ।
साथै १८ सदस्यीय नयाँ समितिको उपाध्यक्षमा किरण थापा मगर, सचिवमा सुषमा सारु मगर, सहसचिवमा समर राना मगर र कोषाध्यक्षमा करुणा थापा मगरले जिम्मेवारी प्राप्त गरेका छन ।