पहिलो पटक महिलाको नेतृत्वमा भिटोफ नेपाल, शकुन्तला देवकोटा अध्यक्ष

पर्यटन राजनीति समाचार


चैत्र १८ आइतबार,२०८०/ठमेल-
गाउँ पर्यटन प्रबर्द्धन मञ्च भिटोफ नेपालको इतिहासमा पहिलो पटक महिलाको नेतृत्वमा नयाँ कार्य समिती बनेको छ ।
शनिबार ठमेलस्थित गोकर्ण हाउसमा आयोजित कार्यक्रममा शकुन्तला देवकोटाको नेतृत्वमा नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरिएको थियो । बुधबारनै सर्वसम्मत तरिकाले चयन भएको नयाँ कार्यसमिति गठन भएको थियो ।

जसअनुसार उपाध्यक्ष द्वयमा हरिशरण थपलिया र मनोहरी दाहाल रहेका छन ।
यसैगरी महासचिवमा चोपेन्द्र खड्का, सचिवमा विनोद वस्ती, कोषाध्यक्षमा रघुनाथ पौंडेल र सह कोषाध्यक्षमा नवराज तिवारीले जिम्मेवारी सम्हालेका छन । साथै सदस्यहरुमा सागर आचार्य, सृष्टि भण्डारी, प्रज्वल आचार्य र रामेश्वर चौधरी रहेका छन ।
यसअघि पर्यटन व्यवसायी गोपाल थापाको नेतृत्वमा भिटोफ नेपालले काम गर्दै आएको थियो ।