रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा दिए !

राजनीति समाचार

चैत्र १४ बुधबार,२०८०/काठमाडौं-
रमेश खरेलले आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई राजीनामा बुझाएका छन् ।

खरेलले बुधबारबाट लागू हुने गरी राजीनामा बुझाएको रास्वपा श्रोताले जनाएको छ ।

खरेललाई केही दिनअघि स्वार्थ बाझिने गरी गृह मन्त्रालयको नेतृत्व पार्टी सभापति रवी लामिछानेले सम्हालेको भन्दै आलोचना गरेका थिए । यसैबारेमा उनलाई पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो ।

उनी गत वैशाख १० गतेको उपनिर्वाचनमा रास्वपाको तर्फबाट बारा क्षेत्र नम्बर २ को उपचुनावमा उम्मेदवार बनेका थिए । सो क्रममा उनलाई जसपा अध्यक्ष उपेन्द्र यादवले पराजित गरेका थिए ।

उनले प्रहरी सेवाबाट राजनीतिमा प्रवेश गरेका थिए ।