त्रिशुली ट्याक्सी दुर्घटना: पाँचै जना मृतकको शनाखत, एक बेपत्ता

अन्य समाचार


चैत्र १७ शनिबार,२०८०/चितवन-
चितवनस्थित पृथ्वी राजमार्गमा भएको ट्याक्सी दुर्घटनामा परि ज्यान गुमाउने पाँचै जनाको शनाखत भएको छ ।
शनिबार बिहान चितवनको इच्छाकामना–५ सिमलधाराबाट ट्याक्सी त्रिशूली नदीमा खसेको थियो ।
बिहान सात बजे भएको दुर्घटनामा पाँच जनाको शव फेला परे पनि एक जनाको खोज तलास जारी रहेको चितवनका डिएसपी श्रीराम भण्डारीले जनाएका छन । सो ट्याक्सी (बा२ज ४१९६) काठमाडौँबाट गोरखा जाँदै गर्दा दुर्घटना घटेको थियो ।

मृत्यु हुनेमा एक बालिका, २ पुरुष र २ जना महिला रहेका छन् ।

जसअनुसार ट्याक्सी चालक गोर्खा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन सिर्मल, सोही ठाउँका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय, नौ वर्षीय बालक आगमन नगरकोटीको शनाखत भएको छ । अठार वर्षीय दिवस रोकाय भने अझै बेपत्ता छन् ।

उनीहरू पशुपतिमा आफन्तको दाहसंस्कारमा सरिक भई गोर्खास्थित घर फर्किदै थिए ।