बोगटीको अभाव महशुस भई रहन्छ : प्रधानमन्त्री

अन्य राजनीति समाचार


चैत्र २४ शनिबार,२०८०/काठमाडौँ-
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा नेता पोष्ट बहादुर बोगटीको सधै अभाव महशुस हुने गरेको बताएका छन ।

शनिबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आठौँ वार्षिक साधारण सभा तथा स्मृति दिवसमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन ।

कार्यक्रममा प्रधानमन्त्रीले भने, “पोष्टबहादुर बोगटी एक जना इमान्दार नेता हुनुहुन्थ्यो, उहाँको सम्पूर्ण जीवन त्याग र निष्ठाले भरिपूर्ण छ । उहाँ एक जना सहयोगी भावनाको, आफ्नो जिम्मेवारीप्रति प्रतिवद्ध, सक्षम र समन्वयकारी नेता हुनुहुन्थ्यो।’’

बोगटीको निधनपछि पार्टीमा समन्वयको अभाव महशुस हुने गरेको प्रधानमन्त्रीले स्मरण गरे ।

उनले भने, “अप्ठ्यारो परेको बेला उहाँले समन्वय गर्नुहुन्थ्यो । पार्टीमा उहाँको अभाव खड्कि

रहन्छ ।”