
चैत्र २७ मंगलबार,२०८०/बिरेन्द्रनगर-
एमाले नेता यामलाल कँडेल कर्णालीको चौथो मुख्यमन्त्रीका रुपमा नियुक्त भएका छन ।
प्रदेश प्रमुख तिलक परियारले मंगलबार बिरेन्द्रनगरमा एमाले संसदीय दलका नेता यामलाल कँडेललाई नियुक्त गरेका हुन । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कँडेललाई सो पदमा नियुक्त गरिएको हो ।
यद्यपि पाँच दिनसम्म कँडेलले भागबण्डाको टुङ्गो लगाउन न मानेपछि मुख्यमन्त्रीको नियुक्ति मंगलबार मात्र हुन सकेको हो । उनले मुख्यमन्त्री सहित महत्वपूर्ण मानिएको सामाजिक विकास मन्त्रालय पनि आफ्नो भागमा पर्नु पर्ने अडन राख्दै आएका छन ।
“नरम गरम र चल्दै आएको हिसाब उहाँले मान्नु हुन्न,जिद्दी मात्र गर्नु हुन्छ । मुख्यमन्त्री पनि उहाँहरुलाई र रोजेको मन्त्रालय पनि! यस्तो पनि कहिँ हुन्छ ?,” एक जना माओवादी नेताले असन्तुष्टि व्यक्त गरे ।
उनका अनुसार आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार तथा सहरी विकास र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय एमालेलाई दिने कुरा चली रहेको छ ।