सुदूरपश्चिममा नाउपाका कैलाश चौधरी पहिलो वर्ष मुख्यमन्त्री बन्ने !

राजनीति समाचार

बैशाख २ आइतबार,२०८०/काठमाडौं-
सुदूरपश्चिममा नागरिक उनमुक्ति पार्टी (नाउपा)का कैलाश चौधरी पहिलो वर्ष मुख्यमन्त्री बन्ने सहमति भएको छ ।
आइतबार बिहान बसेको बैठकले सुदूरपश्चिम सरकारको नेतृत्व आलोपालो गर्न शीर्ष नेताबिच सहमति जुटाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलगायत शिर्ष नेताबीच सो सहमति भएको हो ।

यसैगरी बाकी समय समाजवादीले नेतृत्व गर्ने बताइएको छ । सुदूरपश्चिम सरकार निर्माणको लागि प्रदेश प्रमुख नजिर मियाँले दिएको समयको आज अन्तिमम दिन हो ।
सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि दिइएको समय सीमा आज आइतबार सकिंदैछ ।

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।