वैवाहिक करणी आरोपित न्यायाधीश गिरी जेल चलान !

अन्य राजनीति समाचार

बैसाख ३ सोमबार,२०८१/काठमाडौं-
वैवाहिक जबर्जस्ती करणीका आरोपित न्यायाधीश भुवन गिरीलाई जेल चलान गरिएको छ ।

सोमबार काठमाडौँ जिल्ला अदालतमा आत्मसमर्पण गरेका गिरीलाई डिल्लीबजार कारागार पठाइएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले
यही २०८० चैत २१ गते उनलाई थुनामा राख्न आदेश गरेका थिए । न्यायाधीश द्वयले उच्च अदालत पाटनको आदेश बदर गर्दै सो आदेश सुनाएका थिए ।
निलम्बित न्यायाधीश गिरीकी पत्नी आरती गिरी रावलले उनीबिरुद्ध सो मुद्दा दायर गरेकी थिइन् ।

विवाहपछि पछि आफुलाई बन्धक बनाएर कुटपिट, घरेलु तथा यौनहिंसा गरेको भन्दै रावलले सुरुमा ०७९ मंसिर २ मा कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा उजुरी हालेकी थिइन ।
उनले गिरीले आफुलाई आफ्नो डेरामा पुगेर समेत बलात्कार गरेको बताउदै आएकि थिइन ।

२०७९ चैत २८ मा पक्राउ परेका उनी अदालतको आदेशले रिहा भएका थिए । कपिलवस्तुमा कार्यरत हुँदा फौजदारी कसुरको जाहेरी परेपछि उनी निलम्बनमा परेका थिए ।

पत्नी रावलले आफूलाई स्वास्थ्योपचार तथा जीविकोपार्जनका लागि राहत उपलब्ध गराउनुपर्ने माग गर्दै धेरै पटक लमो अनशन धर्ना बसेकी थिइन । उनीहरूले २०७५ सालमा विवाह गरेका थिए ।