सिरोहिया: नागरिकता दिने तत्कालीन सीडीओविरुद्ध पक्राउ पुर्जी जारी

अन्य राजनीति समाचार

जेठ १७ बिहीवार,२०८१/धनुषा-
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

बिहीवार सिरोहियाको नागरिकता हाजिरी जमानतमा छुटे लगत्तै नागरिकता जारी गर्ने अधिकारीहरुमाथि अनुसन्धान थालिएको छ ।

सिरोहियालाई वंशजको नागरिकता दिने निर्णयमा हस्ताक्षर गरेका तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईसहित शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।

यसैगरी नागरिकताको प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध पनि जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको छ ।