अभिनेत्री कंगना रनावतलाई महिला सुरक्षा कर्मीले हानिन थप्पड !

मनोरञ्जन राजनीति विश्व समाचार

जेठ २५ शुक्रबार,२०८१/चंडीगढ़-
राजनितिमा प्रवेश गरेकी भारतीय अभिनेत्री कंगना रनावतलाई चंडीगढ़ विमानस्थलमा एक जना महिला सुरक्षा कर्मीले थप्पड लगाएकी छन ।

अभिनेत्री रनावत हालै भएको निर्वाचनमा हिमाचल प्रदेशको मंडी क्षेत्रबाट निर्वाचित भएकी हुन र उनी बिहीवार शपत ग्रहणमा सहभागी हुन दिल्ली जाँदै थिइन । केन्द्रिय औद्योगिक सुरक्षा बल (CISF) मा कार्यरत जवान कुलविंदर कौरले उनलाई चेकजाँचको क्रममा थप्पड हानेकी हुन ।

फिल्मी दुनियाँबाट राजनीतिकर्मी बनेकी कंगनालाई भारतिय जनता दलले टिकट दिएको थियो । कौरलाई जागिरबाट निलम्बन गरि अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

कौरले कंगनाले केही समय अघि भएको किसान आन्दोलनमा महिलाहरु एक सय रुपैयाका लागि जाने गरेको अभिव्यक्ति दिएकोले आफूले थप्पड हानेको बताएकी छन । उनले सो आन्दोलनमा आफ्नी आमा पनि सहभागी भएको जनाएकी थिइन ।

सन २०२० मा केन्द्र सरकारले ल्याएको किसानका विषयमा तीन वटा कानुनका विरुद्धमा किसानहरुले आन्दोलन गरेका थिए ।

घटनापछि आफू सुरक्षित रहेको बताउदै कंगनाले पंजाबमा भने आतंकबाद बढी रहेको सामाजिक संजालमा लेखेकी छन । उता किसान आन्दोलानकारीहरुले भने सुरक्षा कर्मी कौरलाई सम्मानित गर्ने भन्दै मिठाई बाडेका छन ।