जेठ २७ आइतबार,२०८१/काठमाडौं –
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतिय समकक्षी नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन ।
आइतबार त्रिभुवन विमानस्थलबाट प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, उनकी स्वकीय सचिव गंगा दाहाल, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी रहेका छन ।
मोदी तेस्रोपटक भारतको प्रधानमन्त्री बनेका छन र इतिहासमा यस अघि यो अवसर त्यहाँका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुलाई प्राप्त थियो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शपथ ग्रहण समारोहमा भारत जाने निर्णय गरेको थियो ।
प्रधानमन्त्री प्रचण्ड दुई दिने भ्रमण सकाएर सोमबार फर्कने कार्यतालिका रहेको छ ।
मोदी एनडिए गठबन्धन मार्फत नितिश कुमार प्रमुख रहेको जनता दल (युनाइटेड) र चन्द्रबाबु नायडूको तेलुगु देशम पार्टी (टिडिपी)को समर्थनमा फ़ेरि प्रधानमन्त्री बन्न लागेका हुन ।