जेठ २८ सोमबार,२०८१/खलंगा-
रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ स्थित निपानेबाट खलंगा आउदै गरेको प्राविधिक बोकेको वर्ल्डलिंकको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु हुनुको साथै ३ जना घाइते भएका छन ।
आइतबार राती ८:३० बजे उक्त जीप सडकबाट करिब ४०० मिटर तल खसेको थियो । दुर्घटनाको कारण यकिन न भएको र घाइतेहरुलाई रातीनै नेपालगन्जस्थित नर्सिङ अस्पतालमा उपचारका लागि पठाएको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद रेग्मीले जानकारी दिए ।
घटनाका बिषयमा खबर हुनासाथ प्रहरी निरीक्षक बखत बहादुर शाहीको नेतृत्वमा टोलि त्यस तर्फ गएर उद्धार गरेको थियो । मृत्यु हुनेमा सुर्खेत जिल्ला गुर्भाकोट-८ मेहेलकुना घर भएका चालक धर्मेन्द्र श्रेष्ठ, सुर्खेतकै बराहताल-५ बस्ने बर्ष १९ का जीत बहादुर कार्की र बर्दियाको ठाकुरबाबा नगरपालिका-५ का २७ वर्षका सौगात बि.क रहेका छन ।
यसैगरी घाइते हुनेमा रुकुम पश्चिमकै बाफिकोट-४ का १७ बर्षका सुजन बि.क, बर्दिया ठाकुरबाबा-५ का २६ वर्षका दिलिप थापा र त्यहीँका बर्ष २७ का टीकाराम खनाल रहेका छन । प्रहरी प्रतिवेदन अनुसार घाइते थापा र खनालको अवस्था चिन्ताजनक रहेको छ ।