जेठ २९ २०८१ मंगलबार/काठमाडौं-
गण्डकी प्रदेशमा फणिन्द्र देवकोटा र राजीव गुरुङ नयाँ मन्त्री बनेका छन ।
मंगलबार भएको मन्त्रिपरिषद विस्तार संगै फणिन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र मनाङेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी ग्रहण गरेका छन ।
माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेर सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए ।
उता स्वतन्त्र सांसद दिपक मनाङे दोस्रो पटक भौतिक पुर्वाधार मन्त्री बनेका छन र यो संगै उनी गण्डकीमा छैटौं पठक मन्त्री बनेका हुन ।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएदेखिनै काङ्ग्रेस तर्फबाट मुख्यमन्त्री बनेका पाण्डेले मनाङेलाई मन्त्री बनाउने भन्दै सोही मन्त्रालयको जिम्मेवारी दिएर फकाउदै आएका थिए ।
