
असार ३ सोमबार,२०८१-
टाइटानिक जहाज दुर्घटनाबारे १९९७मा चलचित्रनै बनेको थियो । सो जहाजमा खर्बपती जोन जेकोब एसटर पनि सवार थिए । उनीसँग त्यो जहाज किन्ने ३० गुणा बढी रकम उनको खातामा थियो ।
यद्यपि उनी त्यसदिन आफुलाई दुर्घटना हुनु अघि सानो डुङ्गामा बच्नका लागि उपलब्ध भएको स्थानमा जान मानेनन । उनले दुई जना बालबालिकालाई आफ्नो स्थान दिने निर्णय गरेका थिए । आफुमा भएको मानविय तथा नैतिक मुल्यका कारण उनले त्यसो गरेका हुन ।
सोही जहाजमा रहेका अर्का धनी ब्यक्ति तथा सब भन्दा ठुलो अमेरिकी
डिपार्टमेन्ट स्टोर ‘मेसी’ का सहसंचालक इसिडोर स्ट्रोसले भनेका थिए ‘कुनै पनि पुरुष भन्दा अघि, म डुङ्गा चढ्ने छैन’ । सुरक्षीत रहनका लागि त्यस बेला महिला तथा बालबालिकालाई प्राथमिकता दिइएको थियो र डुङ्गामा सारिएको थियो । उनकी श्रीमती आइडा स्ट्रोसले पनि भर्खरै आएकी आफ्नी घरेलु सहयोगी एलन बर्दलाई आफ्नो स्थानमा पठाएकी थिइन । उनले आफ्नो जीवनको अन्तिम पल आफ्नो जीवन साथीसँग बिताउने प्रण गरेकी थिइन । त्यस धनाढ्य दम्पतीले जीवन भन्दा मानविय मूल्य मान्यता र प्रेम रोज्यो । उनीहरु कुनै पनि हालतमा आफ्नो नैतिक सिद्धान्त भन्दा पछि हटेनन बरु मृत्युु स्विकारे ।
१५१७ मा सामुद्रिक इतिहासको सबैभन्दा भयानक दुर्घटना मानिने टाइटानिक जहाज दुर्घटना भएको थियो । टाइटानिक उक्त समयको सबैभन्दा भव्य तथा महंगो पानीजहाज थियो र धेरैले त्यो कहिले पनि दुर्घटनामा न पर्ने बताउथे । टाइटानिक इंगल्याण्डको साउथह्याम्पटनबाट अमेरिकाको न्युयोर्कसम्मको यात्राका लागि निस्किएको थियो ।
प्रतिक्रिया दिनुहोस्