अत्याधिक वर्षा भएपछि मेलम्ची खानेपानी रोकियो !



असार ११ मंगलबार,२०८१/काठमाडौं-
अत्याधिक वर्षासँगै बाढीले पुर्‍याउन सक्ने क्षति कम गर्न काठमाडौं वितरण हुने मेलम्चीको पानी बन्द गरिएको छ ।
आइतबार देखि आएको बर्षा कारण नदीमा बाढी आएपछि स्थानीयहरू त्रसित बनेका छन् ।

अविरल बर्षाका कारण आइतबार राति मेलम्ची नगरपालिका ११ स्थित फट्टेमा अस्थायी पुल बगाएको थियो । २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा अस्थायी पुल बनाइएको थियो । स्थिति सहज भएपछि खाने पानी वितरण पुनः सुचारु हुने जनाइएको छ ।

प्रकाशित मिति : २०८१ असार १२ गते मंगलबार
अरु पनि पढ्नुहोस्