
असार १३ बिहीवार,२०८१-
रुसी सेनामा कार्यरत ओखलढुंगाका ३५ वर्षीय राम बहादुर खत्री बैशाख १६ गते देखि बेपत्ता भएका छन ।
ओखलढुंगा लिखु गाउँपालिका ८ का खत्री युक्रेनको डलरसम्म डोनेक्स सहरबाट लडाइँका क्रममा हराएको उनका भिनाजी रामजी रोकाले जानकारी दिएका छन ।
आकाशबाट युक्रेनी ड्रोनबाट आक्रमण भएपछि भागाभागको स्थिति सृजना भएको थियो ।
खत्रीका एक जना दाई र दुई दिदी छन भने कान्छी दिदिको युद्धको क्रममा राज्यपक्षबाट हत्या गरिएको थियो । उनका दुई सन्तान एक छोरा र एक छोरी छन ।
उनलाई दलालले दुबैबाट पाँच बर्षमै पेन्सन र मासिक साढे तीन लाखको ब्यवस्था हुने भन्दै फकाएर रुसी सेनामा भर्ती गराएका थिए । उनीसंगै भर्ती हुने २५ जना नेपाली मध्ये ४/५ जना मात्रै सेनामा बाकी रहेका छन ।
कतिपय भागेर नेपाल पुगी सकेका छन । उनी गत असोजमा मात्रै रुस पुगेको थिए । परिवारजनले गृहमन्त्री देखि सबै सम्बन्धित निकायमा ध्यानाकर्षण गराई सकेका छन ।
बिश्वमै सब भन्दा कडा मानीने रुसी सेनामा कति जना नेपालीहरु गैरकानुनी तरिकाले कार्यरत छन यकिननै छैन ।