प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने !

राजनीति समाचार

असार २१ शुक्रबार,२०८१/काठमाडौं-
प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते विश्वासको मत लिने भएका छन् ।

शुक्रबार संसद सचिवालयलाई जानकारी गराउनेगरी पत्र पठाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

असार १७ गते राति एमाले र कांग्रेसबीच नयाँ समीकरणका लागि आश्चर्यजनक तरिकाले सहमति बनेपछि प्रचण्ड नेतृत्वको सरकार संकटमा परेको हो ।

हाल सम्म एमाले र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्ना मन्त्री फिर्ता बोलाए पनि राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रधानमन्त्रीले राजीनामा न दिदा सम्म आफ्नो दल न फर्किने बताउदै आएको छ ।