मेरा धारणा समीक्षागत निष्कर्ष हो, भावना र आवेग होइन : प्रधानमन्त्री

राजनीति समाचार

असार २८ शुक्रबार,२०८१/काठमाडौं-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विश्वासको मत माग्ने क्रममा राखेको धारणा आवेग र भावना नभइ समीक्षागत निष्कर्ष भएको स्पष्ट पारेका छन ।

प्रतिनिधिसभाबाट शुक्रबार विश्वासको मत लिने क्रममा राजनीतिक दलका नेताहरूले राखेका आ–आफ्ना धारणामा स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका क्रममा भएका विचारविमर्श भने राम्रो भएको प्रतिकृया दिएका थिए ।

“कुनै पनि मान्यसदस्यहरूलाई ‘कन्फ्युजन’ नहोस्, मैले आज आक्रोश र भावना राखेको होइन,” प्रधानमन्त्रीले भने, “मैले आफ्नो दल र पार्टीको चिन्ता गम्भीरताका साथ राखेँ, यो कुनै आवेग होइन, भावना पनि होइन ।”

आफूले राखेको प्रस्ताव अनुभवको निष्कर्ष भएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले देशलाई कता लैजाने भन्ने निर्णय गर्ने मुख्य थलो प्रतिनिधिसभा नै भएको बताउनुभयो । उनले आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय, समृद्धि र अन्तर्राष्ट्रिय सम्बन्धहरू विकसित गर्ने प्रयास गरेको स्पष्ट पारे ।

उनले भने, “मैले विश्वासको मत माग्दा राखेका धारणा सोचेसम्झे अनुसारका निष्कर्ष हुन् ।” उनले विभिन्न दलका तर्फबाट प्रस्तुत भएका धारणाप्रति धन्यावाद पनि व्यक्त गरेका थिए ।

आफ्ना बिचार राख्ने क्रममा एमाले र काङ्ग्रेसका मान्यहरुले प्रधानमन्त्रीले हस्तान्तरण गर्नमा ढिलाई गरेको भनेका थिए भने गृहमन्त्री रवी लामीछानेले सत्तामा जान आतुर दलहरुलाई प्राकृतिक प्रकोपको समयमा जनताप्रति उत्तरदायित्व भन्दा सरकार निर्माण तर्फ बढी चासो भएको धारणा प्रस्तुत गरेका थिए ।

लामिछानेले बेचेन झाको पक्राउसँगै फाइल खोलेको २४ घन्टा न बित्दै सरकार गिराउने सहमति भएको पनि बताए ।

सरकारका नयाँ बन्ने गृहमन्त्री भनिएका काङ्ग्रेस नेता रमेश लेखकले माओवादीले राम्रो प्रतिपक्षको भुमिका निर्वाह गर्ने बताएका थिए ।

यसैगरी नेता प्रभु साहले एमाले र काङ्ग्रेसको चरित्र मिल्ने भएकोले सहमति भएको बताए ।