मन्त्रिपरिषद समावेशी सिद्धान्त अनुसार न भएकोमा महिला आयोगको आपत्ति !

राजनीति समाचार

श्रावण २ बुधबार, २०८१/काठमाडौं-
राष्ट्रिय महिला आयोगले नयाँ मन्त्रिपरिषद समावेशी सिद्धान्त अनुसार गठन न भएको भन्दै आपत्ति जनाएको छ ।

नयाँ मन्त्रिपरिषदमा २ जना मात्रै महिला मन्त्रीले ९ प्रतिशत मात्र सहभागिता भएको र राजनितिक दलहरुले महिला नेतृत्वलाई अवसरबाट वन्चित गरेको बिषयले आयोगको गम्भीर ध्यानाकर्षण भएको बुधबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘संविधानको भाग-३ धारा ३८ को उपधारा-४ बमोजिम राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा हुने व्यवस्था’ हुँदा हुँदै त्यसो न गरिएको आयोगकी अध्यक्ष कमला कुमारी पराजुली द्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा जिकिर गरिएको छ ।
प्रधानमन्त्री केपी ओलीको नेतृत्वको २२ सदस्यीय सरकारमा मात्र २ जना महिला मन्त्री रहेका छन ।