न्युरोड फुटपाथ विरोध: सुरक्षाकर्मी परिचालन !



श्रावण ४ शुक्रबार,२०८१/काठमाडौं-
काठमाडौँस्थित न्युरोड फुटपाथ विस्तारको विषयलाई लिएर स्थानीयले पुनः अवरोध गरेका छन् ।
शुक्रबार काठमाडौं महानगरपालिकाले न्युरोड फुटपाथ विस्तार पुनः सुचारु गरे लगत्तै स्थानीयले विरोध गरेपछि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसअघि उच्च अदालतले फुटपाथ बिस्तारका लागि काठमाडौं महानगरपालिकाको पक्षमा आदेश गरेको थियो ।

उता बिरोधमा उत्रिएका स्थानीयले भने जनतामाथि दमन गरेर बिकास सम्भव न हुने बताएका छन । उनीहरुले ईन्द्रचोक क्षेत्रमा पहिले परिक्षण गरेर मात्र न्युरोडमा बिस्तार गर्न सकिनेमा जोड दिएका छन ।

सडक डिभिजन कार्यालयले महानगरपालिकाको काममा हस्तक्षेप गरेर सडक पेटीका लागि काटिएको कालोपत्रे पनि टालेको थियो ।

यसैक्रममा केही समय अघिदेखि सडक डिभिजनले बाटोमा रहेका बत्तिका पोलमा सवि(सडक विभाग) समेत लेख्न थालेको छ ।

प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रबार
अरु पनि पढ्नुहोस्