श्रावण ९ बुधबार,२०८१/काठमाडौं-
मर्मतका लागि पोखरा उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १७ जना कर्मचारीहरुको मृत्यु भएको छ ।
मंगलबार बिहान त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलबाट उडेको जहाज केही समयमै झरेको थियो । ९ ए एम ईका घाइते पायलट क्याप्टेन मनिस शाक्यको उपचार हुँदै छ । यद्यपि उनको अवस्था भने गम्भीर रहेको छ ।
मृत्यु हुनेमा एयरलाइन्सका कर्मचारी अमित मान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सर्बेश मरासिनी, श्याम तन्दुकर, नवराज आले, राजाराम आचार्य, पृजा खतिवडा, उद्धब पुरी, यज्ञ प्रसाद पौडयाल, सन्तोष महतो, पुन्य रत्न शाही, सुदिप लाल जोशी, आरेफ रेदा र अधिराज शर्मा रहेका छन ।
एयरलाइन्सका प्रवक्ता उमेश आचार्यका अनुसार मर्मत स्वीकृति लिएर उच्च अधिकारी सहित जहाज पोखराका लागि उडेको थियो । उनका अनुसार पोखरामा अन्तरास्ट्रिय हेङ्गर भएकोले मर्मतका लागि प्रायः उतै लिएर जाने गरिएको छ ।


