रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीको कार्यकाल सकियो !

अन्य राजनीति समाचार

श्रावण १३ आइतबार,२०८१/काठमाडौं-
रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीको कार्यकाल सकिएको छ ।

आइतबार रेडियो नेपालको केन्द्रिय प्रसारण कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रमबिच कार्यकारी निर्देशक केसीलाई बिदाई गरिएको हो ।

कार्यकारी निर्देशक केसीले चार वर्षे कार्यकालमा रेडियो नेपालको प्रसारण पहुँच ८५ प्रतिशतबाट बढेर ९४ प्रतिशत जनसङ्ख्यामा पुगेको र अनलाइन, सामाजिक सञ्जाल तथा एप्समार्फत समेत रेडियो सुन्न सकिने व्यवस्था भएको बताएका थिए ।

बिदाई समारोहमा रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्री, नायव कार्यकारी निर्देशक कृष्णचन्द्र पौडेल, सञ्चालक समितिका सदस्य तिलकजंग बुढाथोकी, कार्यक्रमतर्फ रेडियो नेपालका महाशाखा प्रमुखहरू पुष्करराज गौतम, पवनकुमार प्याकुरेल, ताराप्रसाद वस्ती, मनोजकुमार चौधरी लगायतका वक्ताहरूले कार्यकारी निर्देशक केसीको ब्याक्तित्व तथा लगानीका विषयमा चर्चा गरेका थिए ।

रेडियो नेपालमा आफ्नो ३१ वर्षे सेवा अवधि व्यतीत गरेका केसी २०४९ मा रेडियो नेपालको सेवामा प्रवेश गरेका थिए ।

उनलाई २०७७ साउन १२ गतेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए ।