श्रावण १६ बुधबार,२०८१/काठमाडौं-
प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरूको फोटो राखेर अनुष्ठान गर्ने क्रममा पक्राउ परेका धर्मगुरु भनिने पुष्कर खतिवडालाई थुना मुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन परेको छ ।
मंगलबार हिजो निवेदन दर्ता गर्ने आवास अधिकारी नाम भएका ब्यक्तिले खतिवडालाई गैरकानुनी तरिकाले थुनिएको भन्दै सर्वोच्चमा निवेदन दर्ता गराएका हुन् ।
उनलाई श्रावन १४ गते नियन्त्रणमा लिइएको थियो भने जिल्ला अदालतले म्याद पनि थपी सकेको छ ।
उनले आफ्नो घरमा यज्ञ गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा राखे पछि प्रहरी वृत्त महाराजगन्जको टोलीले सोमबार पक्राउ गरेको थियो ।
उनलाई विद्युतीय अपराध अन्तर्गतको कसुरमा पक्राउ गरिएको बताइएको छ ।
प्रकाशित मिति : २०८१ साउन १६ गते बुधबार
प्रतिक्रिया दिनुहोस्