माओवादी केन्द्रको स्थायी समिती बैठक श्रावण २५ गते हुने, जनतामा जानेमा केन्द्रित !

राजनीति समाचार


श्रावण २० आइतबार,२०८१/काठमाडौं-
नेकपा माओवादी केन्द्रले पार्टी सुदृढीकरण र भाद्रमा हुने केन्द्रिय समिती बैठकको तयारीका लागि श्रावण २५ गते देखि स्थायी समितीको बैठक बोलाएको छ ।

पार्टी स्थायी समिती सदस्य शशी श्रेष्ठका अनुसार पार्टीको अवस्थाको कारणबारे फेरि पनि गहन छलफल गर्ने र निर्माण तथा सुदृढीकरणका लागि कसरी अगाडि बढने भन्ने बिषयमा मुख्यतः केन्द्रित हुने जानकारी गराइन ।

“पार्टी निर्माणसंगै हाम्रो नेतृत्वमा सरकारले गरेका राम्रा कामकाबारेमा जनतालाई अवगत गराउने पनि योजना रहेको छ,” श्रेष्ठले बताइन ।

उनका अनुसार प्रदेशमा पनि केन्द्रिय सदस्यहरुले आफ्ना घनिभुत बिचार राख्नेबारेमा पनि छलफल भई रहेको छ ।

पार्टी केन्द्रिय कार्यालयका सचीव ढोर प्रसाद उपाध्यायले पनि भाद्र पच्चीस गते बिहान ११ बजे देखि हुन लागेको स्थायी समिति बैठकमा सबैले बोल्न पाउने गरि तयारी भई रहेको जनाएका छन ।

स्थायी समितिमा हाल ४४ जना सदस्य रहेका छन ।

माओवादी केन्द्रको पदाधिकारी बैठक यहि श्रावण ११ देखि १५ गते सम्म बसेको थियो ।