श्रावण २४ बिहिवार,२०८१/जापान-
जापानमा ७.१ म्याग्नीच्युटकाे शक्तिशाली भूकम्प गए लगत्तै सुनामीको खतरा बढेको छ ।
बिहिवार दिउँसो दक्षिणी क्युसुमा ६ वटा भूकम्प गएपछि जापानको मौसम विज्ञान एजेन्सीले त्यस क्षेत्रमा सुनामीबारे सूचना जारी गरेको हो ।
भुकम्पले निचिनन सहर तथा मियाजाकी प्रान्तमा रहेको स्थानलाई बेसरी हल्लाएको थियो ।
क्युशु र शिकोकुमा रहेका परमाणु समयन्त्रमा कुनै हानी पुगेको विषयमा चेकजाँच हुदै छ ।
जापानको राष्ट्रिय टेलिभिजनका अनुसार केन्द्रबिन्दु रहेको मियाजाकी बिमानस्थलमा रहेका भवनहरुका सीसाका झ्यालहरु फुटेका छन ।
जापान विश्वकै भुकम्पबाट सब भन्दा प्रभावित हुने देशमा पर्दछ ।
यो देश अग्नीचक्र अन्तर्गत रहेकोले प्रायः भुकम्प जस्तो प्राकृतिक प्रकोपको निशानामा रहेको छ र सानो तिनो यहाँ गई रहन्छ ।