श्रावण २५ शुक्रबार,२०८१/काठमाडौं-
विश्व आदिवासी दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरि मनाईंदैछ ।
शुक्रबार आदिवासी जनजाति आयोग, नेपाल आदिवासी जनजाति महासंघ लगायत विभिन्न जनजाति समुदायका संगठनहरुले विभिन्न कार्यक्रम आयोजना गरी मनाउदै छन ।
राजधानी काठमाडौं लगायत विभिन्न प्रदेशमा आफ्नै मौलिकतामा पारम्परिक झाँकी तथा र्यालीसहित आफ्नै जातिय पोशाकमा कार्यक्रम गरी रहेका छन ।
संयुक्त राष्ट्र संघले १९९४ मा अगष्ट ९ तारिखका दिन हरेक वर्ष विश्वभर आदिवासी दिवश मनाउने निर्णय गरेको थियो ।
यसवर्ष ‘स्वैच्छिक अलगावमा रही प्रारम्भिक सम्पर्कमा रहेका आदिवासी जनजातिको अधिकार संरक्षण’ भन्ने नारासहित विश्वभर यो दिवश मनाइँदैछ ।