बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश !

अन्तर्वार्ता राजनीति समाचार

श्रावण २ आइतबार २०८१/काठमाडौं-
नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झालाई काठमाडौँ जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको छ ।

आइतबार न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएपछि उनलाई केन्द्रिय कारागार सुन्धानरा पठाइएको हो ।

जसअनुसार शुक्रबार झा तर्फका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद सापकोटा, महादेव यादव, पुरुषोत्तम अर्याल र मणिराम उपाध्यायले बहस गरेका थिए ।

उनलाई ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध र सङ्गठित अपराध सम्बन्धी कसुरमा प्रतिवादी कायम गरिएको छ ।

६६ वर्षीय झाको भारतीय नागरिकता पनि भएको दाबी गरिएको छ भने नेपाली ठेगाना भने पर्साको वीरगञ्ज उपमहानगरपालिका-७ रहेको छ ।