‘देउबाजीले मेरो किताब फिर्ता गर्नु भएको छैन ! ‘: सिलवाल

अन्तर्वार्ता राजनीति समाचार

भाद्र ४ मंगलबार २०८१/काठमाडौं-
समाबादी चिन्तक तथा नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरीकी जीवन साथी भारती सिलवाल गिरीले पुर्व प्रधानमन्त्री शेर बहादुर देउबाले आफ्नो एउटा किताब फिर्ता न गरेको बताएकी छिन ।

मंगलबार राजधानी काठमाडौंमा स्कुल अफ डिमोक्रेसीद्वारा नेता गिरीको द्वितीय स्मृतिको अवसरमा आयोजीत कार्यक्रममा बोल्ने क्रममा सिलवालले सो कुरा उजागर गरेकी हुन ।

आफ्नो श्रीमानले गरेका कार्य तथा समाजबादी चिन्तन उपर प्रकाश पार्ने क्रममा उनले बिगतको सम्झना गर्दै एक दिन पुर्व प्रधानमन्त्री देउबा आफ्नो घरमा भारतिय लेखक कृष्ण मुर्तिद्वारा लिखित किताब लिएर गएको स्मरण गरिन । यसैक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित भएका देउबाले भने ‘किताबका विषयमा सम्झना त न भएको तर किताबले आफुलाई फाइदै भएको होला । उहाँलाई धन्यवाद दिन चाहन्छु’ भन्दै जवाब फर्काएका थिए ।

“प्रदीप गिरी ज्ञानको भण्डार हुनु हुन्थ्यो । उहाँको सोचाई र अध्ययनप्रतिको रुचि बिशेष खाले भएको र सबैले अनुसरण गर्न जरुरी छ । उहाँको अभाव सधै रहने छ,” देउबाले चर्चा गरे ।

साथै देउबाले वर्तमान गठबन्धन कसैका विरुद्ध न भएको पनि बताए ।

उता सिलवालले प्रदीप गिरीले जहिले पनि सिमान्तकृत समुदायको हकमा बोल्ने गरेको र मधेसी समुदायले अधिकारको पुर्ण प्रत्याभूति न गरेकोले संविधानमा समेत हस्ताक्षर न गरेको बताइन ।

“माओवादीको जनयुद्धलाई पनि सशस्त्र द्वन्द होईन, राजनीतिक द्वन्द हो भन्नू हुन्थ्यो । एउटा राम्रो सेतु हुनु हुन्थ्यो र एउटा असल मध्यस्थकर्ता हुनु हुन्थ्यो,” उनले सम्झना गरिन ।

एकीकृत समाजबादीका अध्यक्ष माधव नेपालले प्रदीप गिरी र कार्यकर्ताहरुको मुटु जोडिएको र त्यस्तो उत्तरदायी सोचलाई समेटियो भने नयाँ पुस्ताका लागि राम्रो पाठ्यसामग्री बन्ने बताए ।

“समानतालाई सबैले आत्मसात गर्नु पर्दछ । महिला, पिछडिएका समुदाय सबैको माग सम्बोधन गरिनु पर्छ, त्यसो भएन भने हामी एकपाखे हुने छौ,” नेपालले सचेत गराए ।

उनले कम्युनिस्टको बुद्धि ढिला आउने गरेको तर काङ्ग्रेसमा त्यस्तो हुँदैन भन्दै केपी ओली र प्रचण्डप्रति कटाक्ष पनि गरेका थिए ।

“विनम्र हुन प्रदीप गिरीजीबाट सिक्नु पर्दछ । प्रदीप गिरी जस्तो कुनै नेता छैन । तर नयाँ पुस्ताले देखाउनु पर्दछ,” उनले थपे ।

नेकपा माओवादीका नेता शक्ति बस्नेतले न पढेलेखेका किसानले बरु परिवर्तन चाहेको र सहि नेतृत्वका कारणले देश्मा परिवर्तन आएको बताए । उनले आफ्नो अहमताको भारी संविधानलाई र उत्पीडित समुदायलाई न बोकाउन पनि आग्रह गरे ।

“नेता गिरी जस्ता अध्ययनसिल र समाजबादको पक्षमा खुलेर वकालत गर्ने नेता र गिरीजी प्रसाद कोईरालाको जस्तो सोच हाम्रालागी प्रेरणादायी श्रोत बनेका छन,” बस्नेतले भने ।

उता नेकपा एमालेका नेता शंकर पोख्रेलले प्रजातान्त्रले र स्वतन्त्रताले मात्रै न पुग्ने र त्यसमा समाजवाद पनि चाहिने जिकिर गरे ।

“नागरिक र राज्य आज नेपाली समाजमा जोडीन सकेकै छैन । यो जब सम्म हुँदैन देशको बिकास हुनै सक्दैन । चाहे हामिले प्रजातान्त्र भित्र समाजबादलाई खोजौ वा समाजबाद भित्र प्रजातन्त्र; नागरिक संग न जोडीदा सफल हुँदैन,” पोख्रेलले उल्लेख गरे ।

स्कुल अफ डिमोक्रेसीका अध्यक्ष तथा कार्यक्रमका सभापति नयन सिंह महरले सहभागी वक्ता तथा सबैलाई धन्यवाद दिदै नेता प्रदिप गिरी जस्तो आदर्श नेता बिरलै जन्मिने गरेको बताए ।