
भाद्र ४ मंगलबार २०८१-
कर्णाली प्रदेश नेकपा माओवादी केन्द्रकी सांसद जुमकित लामालाई पतिशोक परेको छ ।
मंगलबार सवारी दुर्घटनामा परी माओवादी केन्द्रबाट हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष समेत रहेका चन्द्रसिंह कार्कीको मृत्यु भएको हो ।
सुर्खेतको बिरेन्द्रनगरबाट नेपालगन्ज जाँदै गर्दा जिल्लाकै भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा गाडी दुर्घटना भएको थियो ।
कार्कीको उपचारका क्रममा नेपालगन्जस्थित भेरी अस्पतालमा बिहान दुई बजे निधन भएको थियो । उनका एक छोरा छन । दुर्घटना भएको गाडीमा सवार अन्य ब्यक्तिहरु पनि घाइते भएका छन भने उनीहरुको अवस्था सामान्य रहेको छ ।
केही समय अघि मात्र सांसद लामाका दाईको क्यान्सरका कारणले मृत्युु भएको थियो ।