नागढुंगामा सडक खण्ड: पहिरोले दुईतर्फी सवारी अवरूद्ध !

समाचार

भाद्र ५ बुधबार,२०८१/काठमाडौं-

काठमाडौँ प्रवेशको मुख्य नाका पृथ्वीराजमार्ग अन्तर्गत नागढुंगामा पहिरो खस्दा सवारी आवागमन दुईतर्फी अवरूद्ध भएको छ ।

बुधबार बिहान १० बजे देखि चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित चेकपोइन्टबाट टायलघर देखि अलि पर पहिरो खस्दा अवरुद्ध भएको सडक दिउँसो सम्म खुल्न न सकेको नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाले जनाएका छन ।

त्यस स्थानमा अहिले पनि पानी परी रहेको र पहिरो पुर्ण रुपले न रोकिएको उनले बताए ।

यसैगरी मुग्लिन नारायणगढ सडकखण्ड- १७ किलोमा सडक माथिबाट गुडिरहेको गाडीमाथि ढुंगा खस्दा दुई जना घाइते भएका छन् ।

नवलपुर देवचुली नगरपालिका-१३ बस्ने ८ वर्षीय कविता परियार र ५ वर्षीया कन्चन परियारको हातमा चोट लागेको छ ।