
भाद्र ७ शुक्रबार,२०८१/तनहुँ-
तनहुँमा मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको बस खस्दा १४ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन ।
शुक्रबार दिउसो पोखराबाट काठमाडौंका आउदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस आँबुखैरेनी गाउँपालिका २ ऐनापहरा नजिक मर्स्याङ्दी नदीमा खस्दा दुर्घटना भएको थियो ।
डिएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनास्थलबाट १४ जनाको सव निकालिएको र दुर्घटना स्थल अप्ठ्यारो भीरमा भएकोले उद्दार कार्यमा कठिनाई आएको हो ।
बसमा ४३ जना सवार रहेको बताइएको छ । प्रायः भारतीय बसका चालक नेपाली पहाडी भुभागमा गाडी चलाउने क्रममा यस्ता धेरै दुर्घटना भएका छन । त्यसमा पनि अहिलेको बर्खायामको यात्रा झनै झोखिमपुर्ण रहेको छ ।