भाद्र ८ शनिबार,१०८१/काठमाडौं-
तनहुँ बस दुर्घटनाका आफ्ना घाइते नागरिकहरुलाई भेट्न भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे काठमाडौं आएकी छिन ।

शनिबार बिहान बस दुर्घटनाका आफ्ना घाइते नागरिक भेट्न् भारातीय राज्य मन्त्री खडसे काठमाडौं आई पुगेकी हुन । उनीसँगै गृहमन्त्री रमेश लेखक पनि अस्पताल पुगेका थिए ।
शुक्रबार हिजो दिउँसो पोखराबाट काठमाडौं आउने क्रममा भारतीय नम्बर प्लेटको बस तनहुँको आबुखैरेनीमा दुर्घटना भएर मर्स्याङ्दी नदीमा खसेको थियो ।
उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट घाइतेहरुको अवस्था बुझ्न सिधै महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेकी थिइन् ।
दुर्घटनामा परी घाइते भएका १६ जनाको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उक्त दुर्घटनामा २७ जनाको ज्यान गएको थियो ।
घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार नै काठमाडौँ ल्याइएको थियो ।
चितवनको भरतपुर अस्पतालमा मृतकहरुको शव परीक्षण प्रक्रिया सकिएपछि भारतीय वायु सेवाको जहाजबाट भारतको नासिक लगिने छ ।
