जनयुद्धका घाइते पूर्व जनमुक्ति सेना भक्त राना मगर रहेनन !



भाद्र ११ मंगलबार,२०८१/काठमाडौं-
जनयुद्धका घाइते पूर्व जनमुक्ति सेनाका सेक्सन कमान्डर भक्त राना मगरको निधन भएको छ ।
मंगलबार बिहान करिब ५ बजे ३४ वर्षीय जनयुद्धका घाइते भक्त रानाको निधन भएको परिवारिक स्रोतले जनाए हो । उनी जनयुद्धका क्रममा बेथान स्मृति ब्रीगेडको चौथो बटालियनमा अन्तर्गत सेक्शन कमान्डरको भुमिकामा रहेर साहसपुर्वक काम गरेका थिए ।

स्थायी ठेगाना काभ्रेपलान्चोक जिल्लाको महाभारत गाउँपालिका ६ बनखु रहेको घाइते राना हाल उपचारको क्रममा परिवार सहित काठमाडौं मै बस्दै आएका थिए ।

२०६२ माघ ८ गते, बागमती गाउँपालिका–४ झुरझुरेमा भएको भिडन्तमा राना घाइते भएका हुन । सोही कारणले बिस्तारी उनको बोली पनि बन्द भएको थियो । त्यस्तै प्यारालाइसिस भएपछि उनको दुईवटै खुट्टाको अपरेसन गरेर काटनु परेको थियो ।

एक बर्ष देखि उनलाई पुरानै स्वास्थ्य अवस्थाका कारणले छालाको पनि एलर्जी भएपछि केही समय वीर अस्पतालमा भर्ना पनि गरिएको थियो । उनकी श्रीमती बर्षा राना र एक छोरा छन ।

प्रकाशित मिति : २०८१ भदौ ११ गते मंगलबार
अरु पनि पढ्नुहोस्