पलेशाले रचिन प्यारालिम्पिक्समा इतिहास, जितिन कांस्य पदक

अन्य खेलकुद समाचार


भाद्र १५ शनिबार,२०८१/
तेक्वान्दो खेलाडी पलेशा गोवर्धन श्रेष्ठले प्यारिस पारालिम्पिक्समा इतिहास रच्दै पहिलो पटक नेपालका लागि कांस्य पदक जितेकी छिन ।
फ्रान्सको प्यारिसमा भई रहेको पारालिम्पिकमा शुक्रवार राती पलेशाले सर्वियाकी खेलाडी मारिजा मिसेवलाई परास्त गर्दै कांस्य पदक हात पारेकी हुन । उनले ५७ केजी मुनिको तौल समूहमा सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गर्दै खेल इतिहासमा खाता खोलेकी हुन् ।
पारालिम्पिक्समा नेपालले १० वर्षको यात्रामा सहभागितामुलक भुमिका मात्रै खेलेको थियो ।

सो समूहमा स्वर्ण पदक भने चिनले जितेको छ । उता ओलिम्पिकमा भने हाल सम्म नेपालले कुनै पनि पदक हात पारेको छैन ।

“पदक जित्ने आत्मविश्वास थियो । त्यसलाई पूरा गर्न सकेँ । यो देशको पदक हो,” उनले खुसी हुँदै भनिन ।