
भाद्र १५ शनिबार,२०८१/विरेन्द्रनगर-
नेकपा माओवादी केन्द्र अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’द्वारा पत्रकार दिपेन्द्र शर्माको पुस्तक ‘जुनिदेखि पिलीसम्म’ बिमोचन गरेका छन ।
शनिबार सुर्खेतको विरेन्द्रनगरमा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले एक समारोहको सिलसिलामा सो पुस्तक बिमोचन गरेका हुन ।
पत्रकारिताको यात्रा थालनी देखिका केही अनुभूतिजन्य सामाग्री समेटेर लेखिएको पुस्तकले जनयुद्धको झझल्को दिने बताइएको छ ।
पुस्तकको भूमिका लेख्दै बरिस्ठ पत्रकार तथा प्रेस सेन्टर नेपालका इन्चार्ज महेश्वर दाहालले पुस्तकबारे भुमिका लेख्दै पत्रकार दिपेन्द्र शर्मा जनयुद्धको उर्वरभूमिबाटै पत्रकारका रुपमा उदायका पात्र भएको उल्लेख गरेका छन ।
“उनी जनयुद्धकै उर्वरभूमिबाट इमान्दार र कर्मशील रहेर पत्रकारका रुपमा स्थापित छन् । उनको यात्रा संस्मरण पढ्दा उनको पृष्टभूमि र वर्तमानलाई पनि पढ्न सकिन्छ । प्रत्येक मान्छेको जीवनमा खास घटनाले खास प्रभाव पारेको हुन्छ । र, त्यो घटना र प्रभावले एउटा व्यक्तिको जीवनमा पार्ने प्रभाव मानवीय सभ्यतामै योगदान दिनेसम्मको स्तरमा विकसित हुन सक्छ । विश्वका विख्यात लेखक, पत्रकार वा राजनेताको जीवनमा पनि यस्तै कुनै न कुनै संगत या प्रभावले महत्वपूर्ण छाप छोडेको पढ्न पाइन्छ । खासगरी ‘माया सरसँगको मायालाग्दो यात्राले मलाई पत्रकार बनायो’ भन्ने शीर्षकको संस्मरण अध्ययन गर्दा दीपेन्द्र शर्मा पत्रकार बन्नु पछाडिको कारण बुझ्न सकिन्छ ,” पत्रकार दाहालले लेखेका छन ।
“दीपेन्द्रले धैर्यतापूर्वक आफ्ना भोगाइलाई जीवन्त र कलात्मक रुपमा शब्दहरु मार्फत् अभिव्यक्त गरेका छन्,” उनले जिकिर गरेका छन ”
गर्दागर्दै बिऊ छर्न छोडेर भूमिगत भन्ने शीर्षकको संस्मरण पढ्दा स्कुल पढ्दा पढ्दैको एउटा ‘अल्लारे’ युवालाई कसरी क्रान्तिमा सक्रियतापूर्वक लाग्ने वातावरण बन्यो भन्ने छर्लङ्ग पार्छ । एउटा युवाको मनोदशा, उसको पारिवारिक चेतना, सामाजिक परिवेश र परिस्थितिले माग गरेको वास्तविकताको अन्तरद्वन्दलाई लेखक इमान्दारीपूर्वक पोखिएको पाइन्छ”।
जाजरकोट घर भएका लेखक शर्माले पुस्तक बिमोचन गरि आफ्नो हौसला बढाएकोमा अध्यक्ष प्रचण्डलाई धन्यवाद दिदै पुस्तक पढेर आवश्यक तथा रचनात्मक सुझाव, सल्लाह तथा प्रतिक्रियाकाे अपेक्षा गरेको बताएका छन ।
उनी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य पनि हुन ।