भाद्र १७ सोमबार,२०८१/काठमाडौं-
ट्रेकिङ व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एसोशिएसन अफ नेपाल (टान) को निर्वाचनका लागि सागर पाण्डे नेतृत्वको प्यानलको जीतको माहोल सृजना भएको छ।

सोमबार काठमाडौंस्थित गैरीधाराको एलिस रिसेप्सनमा अहिले केही समय अघि सुरु भएको मतदान जारी छ । आजै बिहान आयोजित साधारण सभा समारोहमा प्रमुख अतिथिका रुपमा पर्यटन मन्त्री बद्री प्रसाद पाण्डे लगायतको नेतृत्वको उपस्थिति थियो ।
बिहीबार मनोनयन दर्ता गरी पाण्डे समूह चुनावमा २२ बुदे चुनावी घोषणा पत्र सहित निर्वाचनमा होमिएको हो ।
आगामी दुईवर्षे कार्यकालका लागि हुने नयाँ कार्यसमितिको पाण्डेको नेतृत्वमा १७ जना उम्मेदवारहरूको प्यानल मैदानमा उत्रिएको हो ।
उनीसँग नेकपा माओवादी केन्द्र, बिद्रोही नेपाली काङ्ग्रेस, एकीकृत समाजवादी, राष्ट्रीय स्वतन्त्र पार्टी लगायतको सशक्त टिम रहेको छ भने उक्त प्यानल हरेक कोणबाट समावेशी तथा पुर्ण व्यवसायिक रहेको छ ।
उता उनको प्रतिस्पर्धामा राजेन्द्र सापकोटाको नेतृत्वको प्यानल रहेको छ । फर्जी मत रोक्नका लागि पनि कडा व्यवस्था गरिएको छ । टानमा करिब १४ सय मतदाता रहेका छन ।

